site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धितोपत्र बोर्ड अध्यक्षको आकांक्षीमध्ये दुईजनाको मात्र प्रस्तुतीकरण र अन्तर्वार्ता
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचजनामध्ये दुईजनाले मात्र प्रस्तुती र अन्तर्वार्ता दिएका छन् । आइतबार ९ बजे राष्ट्रिय योजना आयोगमा प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सर्टलिस्टमा परेका पाँचजनालाई बोलाइएको थियो ।

तर, पाँचजनामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भएका थिए । स्रोतका अनुसार तीनजना नआएपछि उनीहरूलाई केही दिनको समय दिने तयारी भएको छ । यसका लागि अर्थ मन्त्रालयले आइतबार (आज) नै सूचना जारी गर्ने कुरा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार अन्तर्वार्ता र प्रस्तुतीकरण दिनेहरूलाई नै व्यापारिक घरानाले सम्भावित उमेदवार भनेर पठाएको हुन सक्ने अनुमान गरिएको छ । केही दिनअघिदेखि नयाँ स्टक एक्सचेन्जको लाइसेन्समा बार्गेनिङ भएको र त्यसका लागि सन्तोष नारायणलाई नै अध्यक्ष बनाइने कुरा चलेको थियो ।

अध्यक्षका आकांक्षीहरूसँग भेट गर्दा पनि उनीहरू अहिले ठूलो चलखेल भएको भन्दै आएका थिए । त्यही भएर पनि आफ्नो पक्षमा नतिजा नआउने देखिएपछि उनीहरू आइतबारको छनोट प्रक्रियामा सहभागी हुन नसकेको अनुमान गर्न सकिन्छ ।

Global Ime bank

अहिले अध्यक्षको सर्टलिस्टमा परेकाहरू कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीको मोबाइल अफ छ । उनीहरू योजना बद्ध रूपमा नै छनोट प्रक्रियामा नआएको हुन सक्ने चर्चा छनोट समितिले पनि गरेको छ । यसका लागि बेलुकासम्म निर्णय लिइने कुरा भइरहेको स्रोतको दाबी छ ।

सरकारले गत माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । अर्थसचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement