site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ओमोडा ईभीको खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङका लागि नबिल बैंकसँग साझेदारी

काठमाडौं । नेपालको लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.ले नबिल बैंक लिमिटेडसँग सवारीसाधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गरेको छ । उक्त सम्झौताअन्तर्गत ओमोडाको जुनै पनि विद्युतीय गाडीको खरिदमा नबिल बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ उपलब्ध गराउनेछ । ग्राहकले देशभर रहेका ओमोडा सोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत् सजिलै फाइनान्सिङको सुविधा लिन सक्नेछन् ।

यो सहकार्यमार्फत् ओमोडाका ईभीहरू (विद्युतीय सवारीसाधन) खरिद गर्न चाहने ग्राहकहरूलाई वित्तीय सहजता उपलब्ध गराउने लक्ष्य राखिएको छ । सम्झौताअनुसार, ग्राहकले नबिल बैंकका सबै शाखाबाट पाँच वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशत को निश्चित ब्याजदरमा सहजै कर्जा प्राप्त गर्न सक्नेछन् ।

२० प्रतिशत डाउन पेमेन्ट गरी सजिलै ओमोडाको कुनै पनि गाडीको खरिद गर्न सकिनेछ । यो सुविधा ओमोडाको राष्ट्रव्यापी डिलर नेटवर्कभरी उपलब्ध हुनेछ । भक्तपुर, इटहरी, बिर्तामोड, विराटनगर, जनकपुर, बर्दिवास, वीरगञ्ज, नारायणघाट, बुटवल, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र पोखराका डिलर नेटवर्कमा यो सुविधा उपलब्ध गराइनेछ ।

एसपीजी अटोमोबाइल्सले ब्रान्डको पछिल्लो ईभी ओमोडा ई फाइभ गाडी ६१ लाख ९९ हजार तथा ६२ लाख ४९ हजार (डुअल टोन) को प्रि-बजेट मूल्यमा उपलब्ध गराउने कम्पनीले जनाएकाे छ । गत फेब्रुअरीमा सार्वजनिक भएदेखि नै नेपालमा ईभीहरूमध्ये उत्कृष्ट रोजाई रहेको यो एसयूभीले ४३० किमी रेन्ज, १८० मिली ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावरको साथ नेपाली जीवनशैली र भौगोलिक आवश्यकता पनि पूरा गर्दछ । ओमोडा ई फाइभमा लेभल २.५ एडास प्रणाली भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री छ । 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro