काठमाडौं । मगर समुदायको दोस्रो ठूलो पर्व भूमे शनिबार (आज)देखि सुरु भएको छ । मगर समुदायका संघसंस्थाको आयोजनामा शनिबार काठमाडौंको टुँडिखेलमा भूमे पर्व मनाइएको छ ।
टुँडिखेलमा आयोजित भूमे पर्व मेलाको अर्थमन्त्री वर्षमान पुनले उद्घाटन गरेका थिए । कार्यक्रममा अभिनेता दयाहाङ राई, नायिका मिरुना मगरलगायत व्यक्तिको उपस्थिति थियोे । मन्त्री पुन र अभिनेता राईले मगर समुदायका मानिससँग भूमे नाच पनि नाचेका थिए ।
मगर समुदायको चर्चित पर्व भूमे रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, दाङलगायत स्थानमा धुमधामसँग मनाइन्छ ।
भूमे शब्दको अर्थ भूमि हुन्छ । मगर समुदायमा देवीदेवताभन्दा बढी आफ्ना पुर्खा, भूमि र प्रकृतिको पूजा गर्ने प्रचलन छ ।
असार १ देखि सुरु हुने भूमे पर्व वर्तमान समयमा तीन दिनसम्म मनाइन्छ । मगर समुदायको प्रमुख पर्व माघेसंक्रान्ति हो । त्यसपछिको ठूलो पर्वका रूपमा भूमेलाई मान्ने गरिन्छ । टुँडिखेलमा भूमे पर्व मेला असार ३ गतेसम्म चल्नेछ ।
थप तस्बिर हेर्नोस्–