site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री लामिछानेको सय दिनको उपलब्धि : २४१ व्यक्तिगत सुरक्षाकर्मी फिर्ता

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो सय दिनको कार्यकालमा २४१ जना व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) फिर्ता गर्न सफल भएको बताएका छन् ।

सय दिनको उपलब्धिबारे शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिँदै उनले नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बल, नेपालतर्फ १३४ जना गरी जम्मा २४१ सुरक्षाकर्मी फिर्ता बोलाइएको उपलब्धि सार्वजनिक गरेका छन् ।

यस्तै, उनले आफ्नो सय दिनमा चार हजार ७९२ जना फरार अभियुक्त पक्राउ परेको बताएका छन् । साथै, यसबाट एक हजार ५५६ वर्ष आठ महिना १६ दिन कैद र ५२ करोड २८ लाख साठ्ठी हजार २३४ रुपैयाँ जरिबाना असुलीका हुनुका साथै न्याय निरुपण र अदालतका फैसला कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरेका छन् ।

यीबाहेक राजस्व चुहावट नियन्त्रण गर्नका लागि कार्यक्रम अघि बढाइएको उनले उपलब्धि सार्वजनिक गरेका छन् । पछिल्लो तीन महिनामा सीमाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न सीमा गस्तीलाई व्यापक एवं प्रभावकारी रूपमा परिचालन गरिएको प्रगति विवरणमा उल्लेख छ । यसबाट तीन महिनामा जम्मा नेपाल प्रहरीले एक अर्ब ४३ करोड ९७ लाख ५८ हजार बराबरको र सशस्त्र प्रहरी बल नेपालले ४७ करोड ८७ लाख ७९ हजार ५०० गरी कुल एक अर्ब ९१ करोड ८५ लाख ३७ हजार ६ सय बराबरको सामान भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको उल्लेख छ ।

यस्ता छन् अन्य उपलब्धि

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्