site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भावी पुस्ताले प्रकृतिको तिर्खा बेहोर्नुपर्ने ढंगको विनाश रोकौँ : विश्वप्रकाश शर्मा
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्युनीकरणसम्बन्धी संशोधित ऐन, २०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

वर्षाको समयमा बाढीपहिरो, आपतकालीन बैठक र दलहरूको वक्तव्य अनि संसद्‌मा सांसदहरूको ध्यानाकर्षणको दृश्य देखिने गरेको भन्दै उनले ध्यानाकर्षणका लागि बाढी नकुर्न आग्रह गरे ।  “वर्षाको समयमा हाम्रो देशमा तीनवटा दृश्य देखिने गरेको छ । पहिलो बाढी पहिरो, दोस्रो आपतकालीन बैठकहरू, तेस्रो दलहरूको वक्तव्य अनि संसद्‌मा सांसदहरूको ध्यानाकर्षण । यसपालि दृश्य बदलौँ । ध्यानाकर्षणका लागि बाढी नकुरौँ । बाढीपछि बैठक होइन, उद्धारमा जुटौँ,” उनले भने ।  

सांसद शर्माले जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित भएको बताए । भू–गर्भविद्हरूले औंल्याएका पहिरोको जोखिम वस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्न उनले आग्रह गरे ।  

“आजको विकासको भोक मेट्न भोलिको पुस्ताले प्रकृतिको तिर्खा बेहोर्नुुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौँ । सम्माननीय सभामुख महोदयमार्फत म सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउँछु,” सांसद शर्माले भने । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro