site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपा नेपालको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै 

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) को राष्ट्रिय एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न बिहीबार दिउँसोदेखि मतदान हुने भएको छ। 

केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो १२.३० बजेसम्म उमेदवारी फिर्ताको समय तोकिएको छ । त्यसपछि मतदान प्रारम्भ हुने जनाइएको छ । 

Argakhachi Cement Island Ad

पदाधिकारी र केन्द्रीय सदस्यमा परेको अन्तिम उमेदवारको सूची सार्वजनिक भइसकेकाे छ । उमेदवारीमा दाबी विरोध र दाबी विरोधउपर निर्णय भइसकेको छ। 

२०१ केन्द्रीय सदस्य र अध्यक्ष, सहअध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि बुधबार मनोनयन दर्ता भएको थियो।

अध्यक्षबाहेक अब एक सहअध्यक्ष, उपाध्यक्षमा पाँच, महासचिवमा दुई, उपमहासचिवमा तीन, सचिवमा सात, कोषाध्यक्षमा एक गरी १९ पदाधिकारी तथा केन्द्रीय सदस्य गरी २०१ पदका लागि निर्वाचनमा प्रतिस्पर्धा हुँदै छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्