site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियाले विद्यार्थी भिसामा गर्‍यो थप कडाइ

काठमाडौं । अस्ट्रेलियाले विद्यार्थी भिसामा थप कडाइ गरेको छ । अस्ट्रेलियामा अब पर्यटक भिसामा रहेका तथा ग्राजुएट भिसा (टीआर)मा रहेकाले विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन् ।  

अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलका अनुसार जुलाई १ देखि यो नियम लागु हुनेछ । मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताएकी छन् ।

पछिल्लो दस महिनामा पर्यटक भिसाबाट विद्यार्थी भिसामा आवेदन दिनेको संख्या ३६ हजार नाघेको मन्त्री ओनिलले जानकारी दिएकी छन् । 

विज्ञप्तिमा ग्राजुएट भिसा (टीआर) मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः सोही भिसामा अस्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उल्लेख छ । 

मन्त्री ओनिलले गत वर्ष जारी गरिएको आप्रवासन रणनीति कार्यान्वयनलाई निरन्तरता दिइएको बताएकी छन् । 

कोभिड–१९ महामारीपछि विदेशी विद्यार्थीको संख्या बढेर सात लाख ४० हजारभन्दा बढी पुगेपछि अस्ट्रेलियाले नयाँ आप्रवासन नीति सार्वजनिक गरेको थियो । जसको उद्देश्य उसलाई उल्लेख्य रूपमा घटाउनु थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro