site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा गौतमको प्रश्न : यसरी चलाउने भए प्रदेश किन चाहियो ? सांसदको काम नीति बनाउने हैन ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले अहिलेकै माध्यमबाट प्रदेश चलाउने भए खारेज गरिदिए हुने बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा आगामी वर्षको बजेटअन्तर्गत मन्त्रालयगत छलफलमा बोल्दै उनले संघीय सांसदको भूमिकाप्रति प्रश्न उठाए । तीन तहको सरकार विद्यमान रहेको भन्दै उनले दुई चार लाख बजेट बाँड्ने हो कि पोलिसी मेकर भन्दै प्रश्न गरे । 

“यसै गर्ने, यसरी देशलाई लाने हो भने प्रदेश हटाइदिउँ । यो स्ट्रकचर चेन्ज नगरे चालु खर्च मुलुकले बेहोर्न सक्दैन,” उनले भने, “आन्तरिक ऋण लिएर खर्च गर्नुपर्ने स्थितिमा मुलुक भएपछि एक दुई वर्षमा ज्येष्ठ नागरिकको भत्ता काट्नुपर्छ । मुलुक असफल राष्ट्र उन्मुख छ ।”

सांसद गौतमले हजारौँ युवा लाइन लागेर विदेश गए भनिरहे पनि गाउँघरमै बसेर भविष्य खोज्ने वातावरण किन तयार गरेनौँ ? किन विचार गरेनौँ भन्ने प्रश्न सांसदमाथि नै गरे । 

“अहिलेको डेपलोमेन्टको मोडेलले मौलिकतालाई सिध्याएको छ । जसरी पाश्चात्य संस्कृतिले यहाँको धर्म संस्कृति सकेको छ,” उनले भने । 

नेपाली सेनाको मौलिकता बचाउनुपर्ने भन्दै उनले थपे, “सेनालाई विकासमा लगाउनुपर्छ, तर विकासमा लगाउने क्रममा व्यापारमा लगायो भने प्रश्न उठ्न थाल्छ ।”
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro