site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी हुनेछन् भारतको नयाँ सेना प्रमुख 
SkywellSkywell

काठमाडौं । भारतको नयाँ सेना प्रमुख लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी हुने भएका छन् । भारत सरकारले मंगलबार जनरल मनोज पांडेको स्थान उनले लिने जनाएको हो । 

लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा भएका विशेष अपरेसनको राम्रो अनुभव छ ।  हाल उनी भारतीय सेनामा भाइस चिफ अफ आर्मी स्टाफका रूपमा कार्यरत छन् । जनरल मनोज पांडेले जुन ३० बाट अवकाश पाउँदै छन् । 

KFC Island Ad
NIC Asia

वरिष्ठ सैनिक अधिकृतको आधारमा द्विवेदीलाई जनरल पांडेले अवकाश पाएपछि सेना प्रमुख बनाउने निर्णय भारत सरकारले लिएको हो । 

गत महिना भारत सरकारले जनरल पांडेको कार्यकाल एक महिना बढाएको थियो । समय थप नगरेको भए उनीले मे ३१ मा अवकाश पाइसकेका हुन्थे । अवकाशमा जान ६ दिन अगाडि उनको कार्यकाल एक महिना थपिएको थियो, जुन भारतमा एकदमै कम हुनेगर्छ । “सरकारले वर्तमान भाइस चिफ अफ आर्मी स्टाफको रूपमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई ३० जुनबाट आगामी सेना प्रमुख नियुक्त गरेको छ,” भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Royal Enfield Island Ad

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने अभ्यास रहीआएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro