site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

राज्यले पहिलो प्राथमिकता दिनुपर्ने क्षेत्र भए पनि नेपालको स्वास्थ्य सेवाको अवस्था सबैभन्दा बढी कहालीलाग्दो छ । अझ विगत केही वर्षदेखि त स्वास्थ्य क्षेत्रमा बजेटको अनुपात पनि घटाउँदै लगिएको छ । स्वास्थ्य संस्थाहरूमा दरबन्दी नै कम छ भने भएकै दरबन्दी पनि अधिकांश रिक्त नै छ । अर्कातिर, बजारमा योग्य जनशक्ति बेरोजगार छ । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भने संसदीय समितिमा मातहत निकायका प्रमुखहरू आफूलाई भेट्न नआएको गुनासो गर्न व्यस्त छन् । मातहत निकायका प्रमुखहरूलाई आफैँले बोलाएर समस्या बुझ्नुपरेकोमा मन्त्रीको चित्त बुझेको रहेनछ । काठमाडौंका केही अस्पतालहरूको अनुगमनलाई पनि उनले सायद ठूलै पौरख ठानेका छन् । यसैले त संसदीय समितिमा तिनको पनि वर्णन गरेको हुनुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रीहरूले जति नै फुर्तीफार्ती देखाए पनि स्वाभाविक गतिमा भएको प्रगतिबाहेक सार्वजनिक स्वास्थ्य सेवामा कुनै उपलब्धि देखिएको छैन । अस्पतालमा केही गर्ने उत्साह र अठोट भएका डाक्टरहरूलाई मन्त्री र मन्त्रालयले हतोत्साहित गरेको अनेकौं उदाहरण छन् । अहिलेभन्दा तीन दशक पहिलेकै जनशक्तिका भरमा  चलेका अस्पतालहरूको सेवा र सुविधाबाट जनसाधारण भने झन् झन् वञ्चित भइरहेका छन् । 

कुनै स्वास्थ्यमन्त्रीले राष्ट्रिय बजेटमा स्वास्थ्य क्षेत्रको अनुपात बढाउन संसदीय समितिमा प्रभावकारी ‘लबिङ’ गरेको सुनिएको छैन । तर, अस्पताल र विभिन्न परियोजनाका साधन स्रोतको दुरुपयोग गरिएको भने समाचार भने अनगिन्ती प्रकाशित भएका छन् । यद्यपि, यसरी राज्यको साधन स्रोतको दुरुपयोग गर्नेमा स्वास्थ्यमन्त्री वा मन्त्रालय अपवाद भने होइन । बरू, दुरुपयोग नगर्नेहरू पो कोही नभेटिएलान् त कि ?

Global Ime bank

जनसाधारणको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हो भने सबैभन्दा पहिले राजनीतिक नेतृत्वको इच्छाशक्ति दृढ हुनुपर्छ । कुर्सी हत्याउने र जोगाउने चिन्ताबाट मुक्त भएमात्र सुधार अगाडि बढ्न सक्छ । यसैगरी मन्त्रीले इमानदारी र नैतिक शक्ति देखाउन सके मातहतका निकायका प्रमुख र कर्मचारी पनि इमानदार हुन बाध्य हुन्छन् । 

उदाहरणका लागि मन्त्री नै ‘ओम्नी’का लाउके नभएको भए कोभिडकालमा त्यति ठूलो घोटाला पक्कै हुनेथिएन । चाकरी गराउने र रोब देखाउनेमात्र चाहना होइन भने स्वास्थ्यमन्त्रीले पहिले कम्तीमा सबै अस्पतालका दरबन्दी पूर्ति गराउने प्रतिबद्धता देखाउनुपर्छ । यस्तै, स्वास्थ्य सेवामा बजेटको अनुपात बढाउन र अस्पतालहरूको व्यवस्थापन सुधारमा निर्मम भएर लाग्नुपर्छ । स्वास्थ्य सेवामा जमेर बसेका भ्रष्टहरूलाई सजिलै तह लगाउन कठिन होला तर मन्त्रीले पदको माया नगरी प्रयास गरे असम्भव छैन ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement