site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडल जेनेभामा, राजदूत सुवेदीले गरे स्वागत 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा राष्ट्रपति पौडेललाई स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले स्वागत गरेका छन् । राजदूतावासका कर्मचारीहरूसहितको टिमले विमानस्थलमा स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

राष्ट्रपति पौडेलले बुधबार (आजै) स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।  
राष्ट्रपति पौडेलले बिहीबार (भोलि) अन्तर्राष्ट्रिय श्रम संगठन ‘आईएलओ’को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रअन्तर्गतको ग्लोबल कोलिसन फर सोसल जस्टिस’को उद्घाटनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

यस्तै बिहीबार नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । 

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर रोयल डच एयरलान्सबाट असार १ गते जर्मनीको बर्लिन पुग्नेछन् । संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका राष्ट्रपति पौडेलले असार ३ गते समकक्षी स्टाइनमेयरसँग भेट गर्ने कार्यक्रम छ । 

जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो–साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलियानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ । 

त्यसैगरी, असार २ गते गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ । असार ३ गते जर्मनी टे«ड एन्ड इन्भेष्टआवद्ध उद्योगी व्यापारीहरूलाई भेट दिने कार्यक्रम छ । 

आफ्नो भ्रमण पूरा गरी राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यतालिका छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro