site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
७१ जिल्लामा देखियो डेंगी, सबैभन्दा धेरै संक्रमित काठमाडौंमा

काठमाडौं । सन् २०२४ को सुरुदेखि जुन पहिलो सातासम्म देशभरका ७१ जिल्लामा डेंगी संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यही जुन ९ सम्म ७१ जिल्लामा डेंगी संक्रमण पुष्टि गरेको छ । यस अवधिमा एक हजार १३० जनामा संक्रमण देखिएको जनाएको छ ।

Dabur Nepal
NIC Asia

ईडीसीडीका अनुसार काठमाडौंमा सबैभन्दा धेरैमा संक्रमण भएको छ । यो अवधिमा काठमाडौंमा ११४, झापामा १११ जनामा डेंगी पुष्टि भएको छ । यस्तै, चितवनमा ७३, मकवानपुरमा ५८ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

जुनका ९ दिनमा मात्रै ४८ जना संक्रमित थपिएका छन् । मुगु, डोल्पा, जुम्ला, बैतडी, मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा डेंगी देखिएको इडीसीडीले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro