site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केयूले दियो बीएन्डसीलाई ‘ससर्त’ सम्बन्धन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले झापास्थित बीएन्डसी मेडिकल कलेजलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न ‘ससर्त’ सम्बन्धन दिएको छ । आइतबार (हिजो) बसेको कार्यकारी परिषद्को बैठकबाट सम्बन्धन दिने निर्णय गरिएको केयूका रजिस्ट्रार अच्युत वाग्लेले जानकारी दिए ।

उनका अनुसार, एमबीबीएस कार्यक्रम सञ्चालन गर्न सम्बन्धित सबै निकायमा केयूका तर्फबाट पत्राचार गरिएको छ । सिट निर्धारण, भर्नालगायत प्रक्रिया चिकित्सा शिक्षा आयोगबाट अघि बढाइने भएकाले केयूले ससर्त सम्बन्धन दिने निर्णय गरेको वाग्लेले बताए ।

बीएन्डसी प्रशासनले विगत १० वर्षदेखि सम्बन्धनका निम्ति प्रक्रिया अघि बढाएको थियो । बीएन्डसीलाई सम्बन्धन दिन ०८० चैत १२ गते सर्वोच्च अदालतले आदेश दिएको थियो । यही जेठ २४ गते सर्वोच्च प्रशासनले उक्त फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै केयूले सम्बन्धन प्रक्रिया अघि बढाएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro