site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तान र अफगानिस्तानबाहेक सार्कका सबै देशका सरकार प्रमुख मोदीको शपथग्रहणमा उपस्थित हुने
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का दुईबाहेक सबै सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी हुने भएका छन् । मोदीले आफ्नो तेस्रो कार्यकालको लागि आइतबार (आज) साँझ  दिल्लीस्थित राष्ट्रपति कार्यालयमा विशेष समारोहबीच शपथग्रहण गर्दै छन् । 

मोदीको शपथग्रहण समारोहमा सार्क सदस्य राष्ट्रमध्ये पाकिस्तान र अफगानिस्तानका सरकार प्रमुख सहभागी हुने छैनन् । सार्कका अन्य सदस्य राष्ट्र नेपाल, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेशका सरकार प्रमुख शपथग्रहणमा सहभागी हुने छन् । 

अफगानिस्तानको तालिवान सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएका कारण भारतले शपथग्रहण समारोहमा आमन्त्रण नगरेको हो । पाकिस्तान भने पछिल्ला वर्षहरूमा बढ्दो राजनीतिक तनावका कारण मोदीको शपथमा सहभागी हुने छैन ।

Dabur Nepal
NIC Asia

समारोहमा सहभागी हुन नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्लीतर्फ प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली गएका छन् । 

prachanda-1717919122.jpg
समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डले त्यहीँ मोदीलाई नयाँ कार्यकालको लागि बधाई तथा शुभकामना दिनेछन् । शपथग्रहण कार्यक्रम सकिएपछि भारतीय प्रधानमन्त्री मोदी र प्रचण्डबीच संक्षिप्त भेटवार्ता हुनेछ । 

मोदी यसअघि दुईपटक प्रधानमन्त्री हुँदा आयोजित शपथग्रहण समारोहमा पनि नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा गरेका थिए । मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा सन् २०१४ मा आयोजित शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । 

मोदी दोस्रोपटक प्रधानमन्त्री हुँदा सन् २०१९ मा आयोजित शपथग्रहण समारोहमा सहभागी हुन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गएका थिए । मोदी लगातार तेस्रोपटक भारतको प्रधानमन्त्री हुँदा आयोजित शपथग्रहण समारोहमा सहभागी हुन जाने प्रचण्ड तेस्रो प्रधानमन्त्री बनेका छन् । 

यसैक्रममा शपथग्रहण समारोहमा सहभागी हुन आइतबार बिहान माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू दिल्ली पुगेका छन् । पछिल्लो समय भारतसँग सम्बन्ध राम्रो नभएका मुइज्जूले भारतीय प्रधानमन्त्रीको निमन्त्रणा स्वीकार गरी दिल्ली पुगेका हुन् । 

मुइज्जूले पछिल्लोपटक माल्दिभ्समा भएको राष्ट्रपति निर्वाचनअघि भारतविरोधी अभियान चलाएका थिए । उनले आफू राष्ट्रपतिमा निर्वाचित भए माल्दिभ्समा रहेका भारतीय सेनालाई फिर्ता पठाउने प्रतिबद्धता जनाएका थिए । राष्ट्रपति भएपछि उनले भारतीय सेनालाई फिर्ता समेत पठाएका थिए । मुइज्जू शपथग्रहण कार्यक्रममा सहभागी हुन आएपछि अब माल्दिभ्स र भारतबीचको सम्बन्ध सुध्रिने विश्वास धेरैले लिएका छन् । 

शपथग्रहण समारोहमा सहभागी हुन भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे आइतबार नै भारतको दिल्ली पुगेका छन् । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे पनि शपथग्रहण समारोहमा सहभागी हुन आइतबार नै दिल्ली पुगेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शनिबार नै शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेकी थिइन् । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विभिन्न देशका पाहुना आउने क्रम जारी रहेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । मौरिससका प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथ पनि मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro