site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कहाँ पुग्यो अरुण–३ जलविद्युत् आयोजना निर्माण ?
SkywellSkywell

संखुवासभा । बिनाकुनै अवरोध नियमित काम भए अबको एक वर्षभित्रै संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपीडीसी)को करिब एक खर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले झन्डै ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ ।

आयोजनाबाट ९०० मेगावाट विद्युत् उत्पादन हुनेछ । जसबापत नेपालले २१.९ प्रतिशत अर्थात् करिब २०० मेगावाट निःशुल्क प्राप्त गर्नेछ भने बाँकी भारत निर्यात हुनेछ । बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ ।

विद्युत् उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना बन्नेछ । हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना रहेको छ ।

Dabur Nepal
NIC Asia

आयोजनाको ११.८ किलोमिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल)को ‘ब्रेक थ्रु’का अवसरमा निर्माण कम्पनी एसएपीडीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुशीलकुमार शर्माले आयोजनाको काम तालिकाअनुसार भएमा आउँदो एक वर्षभित्रमा विद्युत् उत्पादन हुने जानकारी दिए । “काम नियमित भयो भने आगामी एक वर्षभित्रमा आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । तर, त्यसका लागि सरकारको सहयोग आवश्यक छ,” उनले भने ।

सरकारको सक्रियतामा आयोजनास्थलसम्म पुग्ने कोसी राजमार्गको मर्मत र स्तरोन्नति तीव्र गतिमा अघि बढेको उनले बताए । प्रसारणलाइन निर्माणका निम्ति जग्गा प्राप्तिमा पनि सरकारबाट सोहीअनुरूप सहयोगको अपेक्षा गरिएको उनले उल्लेख गरे । उनले भने, “आयोजनाको निर्माण पूरा भएर विद्युत् उत्पादन हुने समयमा पनि प्रसारणलाइन निर्माण हुँदैन कि भन्ने चिन्ता छ । यसबारे सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौँ ।”

शर्माले समयमै आयोजना निर्माण गर्न र समस्या समाधानका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत एक उच्चस्तरीय समिति गठन गर्न आग्रह गरे । “उच्चस्तरीय समिति गठन गरी लगानी बोर्ड र सम्बन्धित मन्त्रालयका सचिव सम्मिलित समूहसँग मासिक रूपमा बैठक बस्ने र आयोजनाको समीक्षा गरी समयमै निर्माण सम्पन्न गर्ने विषयमा म सरकारसमक्ष आग्रह गर्दछु,” उनले भने ।

आयोजनाबाट उत्पादित विद्युत्को पिकिङ (पूर्ण क्षमतामा चल्ने घण्टा) ३.६५ घण्टा प्रतिदिन हुनेछ । आयोजनाको बाँध मकालु गाउँपालिका–३ र ५ मा पर्छ । कम्पनीका अनुसार कुल ७० मिटर अग्लो र १९७.३ मिटर लम्बाइको बाँध उत्खनन कार्य ९९.७० प्रतिशत पूरा भएको छ । बाँध निर्माणको काम पनि २६.५० प्रतिशत भइसकेको छ ।

यस्तै, मुख्य सुरुङमार्गको निर्माण सम्पन्न भइसकेको छ । सुरुङको कंक्रिट लाइनिङ ६८ प्रतिशत पूरा भएको छ । साथै, १५५ मिटर गहिरो ‘सर्ज साफ्ट’ निर्माण भइसकेको र कंक्रिटिङ ७० प्रतिशत पूरा भएको जनाइएको छ ।

यसैगरी, चिचिला गाउँपालिका–३, पुकुवामा रहने विद्युत्गृहमा चार टर्वाइनमध्ये दुईवटाको जडान सकिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनमा जोडिनेछ । त्यसका निम्ति ५९७ टावर बनाउनुपर्नेमा हालसम्म ५१ प्रतिशत अर्थात् ३०५ टावर निर्माण भइसकेको छ । साथै, २१७ किलोमिटर तार तान्नुपर्नेमा हालसम्म २२ प्रतिशत अर्थात् ४६.८२ किलोमिटर तार तान्ने काम सकिएको छ ।

आयोजनाको शिलान्यास वि.सं. २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा संयुक्त रूपमा गरेका थिए । ०७१ मंसिर १० मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।

सुरुङ ‘ब्रेक थ्रु’का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले उक्त आयोजना सञ्चालनमा आएपछि मुलुकको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

सरकारले आउँदो आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको उनले उल्लेख गरे । प्रधानमन्त्रीले यस आयोजनाबाट उत्पादन हुने ९०० मेगावाट विद्युत्सहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार ५०० मेगावाट पुर्‍याइने बताए ।

“आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने, विद्युत् प्रसारणलाइन निर्माण र वितरणमा निजी क्षेत्र समेत सहभागी हुने गरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त आयोजनामा बाँध र विद्युत्गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्ने गरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रावधान बजेटमा समेटिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने ।

त्यसअवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आउँदा १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई यस आयोजनाले सहयोग पुर्‍याउने बताए ।

नेपालका निम्ति भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच आउँदा १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका निम्ति भएको सम्झौता कार्यान्वयन गर्न यो आयोजना महत्त्वपूर्ण रहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu