site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
फाइल तस्बिर ।

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई संसद्‌मा भारतको विपक्षीको नेतृत्व गर्न शनिबार मनोनयन गरिएको छ ।

मोदीले पछिल्लो समय आमचुनाव जितेपछि तेस्रो कार्यकालका निम्ति शपथ लिँदै छन् । गान्धीको पार्टीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो । त्यसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो ।

Dabur Nepal
NIC Asia

गान्धीले विश्लेषकको अपेक्षा र ‘एक्जिट पोल’लाई बेवास्ता गर्दै आफ्नो पार्टी (कांग्रेस)लाई संसदीय संख्यामा लगभग दोब्बर बनाउन मद्दत गर्दै गर्दाको प्रयासमा एक दशकअघिदेखि मोदी सत्तामा आएपछि सबैभन्दा राम्रो परिणाम हो ।

शनिबार कांग्रेस नेतृत्वको बैठकमा गान्धीलाई भारतको आधिकारिक विपक्षी नेताका रूपमा चयनका निम्ति सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको थियो । यो पद सन् २०१४ देखि खाली थियो ।

गान्धी दशकौँसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाउने वंशको वंशज हुन् भने स्वतन्त्रता नेता जवाहरलाल नेहरूबाट सुरु गरेर पूर्वप्रधानमन्त्रीका छोरा र नाति हुन् । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro