site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्छ : ओली
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन् ।

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्नेमा जोड दिए ।

KFC Island Ad
NIC Asia

उनले पुँजी र प्रविधिको विकास गर्ने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । बजेट कार्यान्वयनबारे आफूले सरकारसँग कुरा गरिरहेको उनले उल्लेख गरे ।

“हामीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्दछ । अर्को कुरा, हामी आफैँले पुँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ,” उनले भने, “हाम्रो पुँजी र प्रविधिले पुगेन भने पुँजी र प्रविधि बाहिरबाट ल्याउने, आकर्षित गर्ने, इन्भेस्ट गर्ने गर्नुपर्दछ ।”

उत्पादन, उत्पादकत्व र उद्योगमा प्रविधिको प्रयोगलगायत कार्य नेपालले गर्न सके मात्र मुलुकको औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिए । ६० प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर रहेको मुलुकमा त्यस क्षेत्रको विकास गरेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro