site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध क्यानडा १२ रनले विजयी 
SkywellSkywell

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा एसोसियट राष्ट्र क्यानडाले टेस्ट टोली आयरल्यान्डविरुद्ध १२ रनको जित निकालेको छ ।

शुक्रबार न्यूयोर्कमा भएको खेलमा क्यानडाले प्रस्तुत गरेको १३८ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।

क्यानडालाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो । तर, अन्तिम ओभर बलिङका लागि आएका जेरेमी गोर्डोनले एक विकेट लिएर चार रनमात्र खर्चिएपछि क्यानडाले टेस्ट राष्ट्रविरुद्ध १२ रनको सनसनीपूर्ण जित निकालेको हो ।

Dabur Nepal
NIC Asia

आयरल्यान्डका मार्क अडायरले ३४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । जर्ज डक्रेलले ३० रन थप्दा एन्डी बिलबर्नीले १९ र लोर्कान टकरले १० रन थपे ।

क्यानडाका जेरेमी गोर्डोन र दिलोन हाइलिजरले समान दुई विकेट लिए । साद बिन जफर र जुनैद सिद्दिकीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रनको योगफल खडा गरेको थियो ।

क्यानडाका निकोलस किर्टोनले सर्वाधिक ४९ रन बनाए । एक रनले अर्धशतक बनाउन चुकेका उनले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । श्रेयस मोभ्वाले ३७ रन थप्दा पर्गत सिंहले १८ र आरोन जेम्सले १४ रन जोडे । 

आयरल्यान्डका बेरी म्याकार्थी र क्राइग योङले समान दुई विकेट लिए । मार्क अडायर र ग्यारेथ डेलानीको नाममा एक–एक विकेट रह्यो । 

प्रतियोगितामा पहिलो जित निकालको क्यानडा दुई अंकसहित समूह ‘ए’को तेस्रो स्थानमा उक्लिएको छ । क्यानडा यसअघि पहिलो खेलमा अमेरिकासँग सात विकेटले पराजित भएको थियो ।

लगातार दोस्रो हार बेहोरेको आयरल्यान्ड तालिकाको पुछारमा छ । यसअघि पहिलो खेलमा आयरल्यान्डले भारतसँग आठ विकेटको हार बेहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  २३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro