site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्यानलाई राखेपले भन्यो– खेलाडीलाई विश्वकप बाहेकका कार्यक्रममा सहभागी नगराउनू

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकप टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूलाई विश्वकप बाहेकका कार्यक्रममा सहभागी नगराउन ध्यानाकर्षण गराएको छ ।

शुक्रबार राखेपको खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले क्यानलाई एक पत्रमार्फत नेपाली समाजको नाममा विभिन्न स्थानमा हुने कार्य्रकमा सहभागी नहुन भनेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्णरूपले केन्द्रित भई उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षणलगायतका कार्यहरू गर्नुपर्ने समयमा नेपाली समाजको नाममा विभिन्न स्थानमा प्रतियोगिताको सम्मुख आयोजना भएका ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा राष्ट्रिय टिमका खेलाडीहरूलाई सहभागी गराउनाले टिमको व्यावसायिक स्तरको विषयमा चासोका सन्दर्भमा राखेपको गम्भीर ध्याणाकर्षन भएको छ," पत्रमा भनिएको छ ।

राखेपले अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनै पनि खालका कार्यक्रममा सहभागी नहुन तथा नगराउन र आफ्नो खेलमा पूर्णरूपमा केन्द्रित भएर काम गर्न क्यानलाई निर्देशन दिएको छ ।

यसअघि बाह्रखरीले 'अमेरिकामा क्यानका पदाधिकारी र खेलाडीहरूले खेलअघि देखाएको हेलचेक्र्याइँ' शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्