site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अग्नि सापकोटा एमाले कार्यालयमा 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा नेकपा (एमाले)को केन्द्रीय कार्यालय पुगेका छन् । उनी शुक्रबार च्यासलस्थित एमाले कार्यालय पुगेका हुन् । 

पूर्वसभामुख समेत रहेका सापकोटाले केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थापनप्रति चासो राखेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

Argakhachi Cement Island Ad

“पहिले सल्लाह भएबमोजिम नै आज प्रतिनिधिसभाका पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्रका)का उपाध्यक्ष कमरेड अग्नि सापकोटासँग हाम्रो पार्टी केन्द्रीय कार्यालयमा भेट भयो,” रिमालले सामाजिक सञ्जालमार्फत भनेका छन्, “उहाँले केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थापनप्रति चासो राख्नु भयो, हामीले उहाँलाई सबै चोटा–कोठा देखाउँदै जानकारी गरायौँ ।” 

एमालेको एक्सन रुम, एप्स, प्रचार व्यवस्थापनबारे जिज्ञासा राखेकोमा आफूहरूले जानकारी गराएको रिमालले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्