site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षण अस्पतालका कार्यालय सहयोगी जागिरको ३६ वर्षपछि नक्कली प्रमाणपत्रमा दोषी ठहर 
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंजका कार्यालय सहयोगी राजाराम भण्डारी नक्कली प्रमाणपत्रमा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनाराण कुँवर र सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले भण्डारीलाई दोषी ठहर गरेको हो । 

२०४५ साल असार २४ मा कार्यालय सहयोगीमा भर्ना भएका भण्डारी ०४७ भदौ ३१ मा स्थायी भएका थिए । हाल कार्यालय सहयोगी पदमा कार्यरत भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही जेठ २ गते मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले मुद्दा दर्ता भएको २३ दिनमै फैसला गरेको हो । फैसलासँगै उनले जागिरबाट पाउने सबै सेवा, सुविधा गुमाएका छन् ।

भण्डारीको प्रमाणपत्र नक्कली भएको ठहरसहितको विवरण विशेष अदालतमा पठाएपछि उनी दोषी ठहर भएका हुन् । भण्डारीलाई तीन हजार रुपैयाँ जरिबाना हुने विशेष अदालतको फैसलामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro