site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाउँपालिका अध्यक्ष पराजित भएको २५ महिनामा मुख्यमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमत, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका सांसदले समर्थन गरेका छन् । 

उनी गाउँपालिका अध्यक्षमा पराजित भएको २५ महिनामा मुख्यमन्त्री बनेका हुन् । उनी ०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । त्यतिबेला उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अध्यक्षमा उमेदवार बनेका थिए । नेपाली कांग्रेसका अरुणकुमार मण्डलसँग पराजित भएका थिए । 

त्यसपछि ०७९ मंसिरमा भएको प्रदेशसभा निर्वाचनअगाडि जनमतमा प्रवेश गरेका थिए । पालिका अध्यक्ष पराजित भएको सात महिनामै जनमत पार्टीबाट सांसद पनि बने । उनी ०७९ मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा सप्तरी २(१) बाट निर्वाचित भएका हुन् । सिंहले १६ हजार ७३४ मत प्राप्त गरेका थिए । 

सिंह २०७४ को स्थानीय तह निर्वाचनमा भने तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । तर, पाँच वर्षपछिको चुनावमा पराजित भएका सिंह अहिले मुख्यमन्त्री बनेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro