site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सेनाले सगरमाथाबाट हटायो ११ टन फोहोर, चार शव र एउटा कंकाल
तस्बिर : पीए ।

काठमाडौं । नेपाली सेनाले यो वर्ष सगरमाथा र अरू दुई हिमालबाट ११ टन फोहोर, चार शव र एउटा कंकाल हटाएको जनाएको छ । सेनाले त्यहाँ रहेको फोहोर हटाउन ५५ दिनसम्म एउटा ‘ट्रुप्स’ खटाएको थियो । यसरी फोहोर सफा गरिएका हिमालमा सगरमाथा, नुप्त्से र ल्होत्से रहेका जनाइएको छ ।

अनुमानानुसार ५० टनभन्दा धेरै फोहोर र २०० बढी शव सगरमाथामा रहेको मानिन्छ । बीबीसीले नेपाली सेनालाई उद्धृत गर्दै जनाएअनुसार विश्वकै सबैभन्दा अग्लो ‘गार्वेज डम्प’का रूपमा व्याख्या भइरहेको स्थानबाट फोहोर उठाउने कार्य सन् २०१९ देखि वार्षिक रूपमा गरिँदै आएको छ ।

पाँचपटकको सफाइका क्रममा ११९ टन फोहोर र १४ शव तथा केही कंकाल समेत हटाइएको सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भविष्यमा नेपाल सरकारले माउन्टेन रेन्जर टिम बनाएर फोहोरको अनुगमन गर्ने र यो जम्मा गर्न थप रकम छुट्ट्याइने समेत पर्यटन विभागका पर्वतारोहणसम्बन्धी निर्देशक राकेश गुरुङले बताएका छन् ।

यसपालि सरकारले सगरमाथा आरोहणका निम्ति ४२१ जनालाई अनुमति दिएको थियो । अघिल्लो वर्ष ४७८ जनालाई अनुमति दिइएको थियो । उक्त संख्यामा नेपाली गाइड समावेश गरिएको छैन । त्यसैले यो वर्ष करिब ६०० जनाले सगरमाथा आरोहण गरेको अनुमान छ ।

यसपालि आठ पर्वतारोहीको मृत्यु भएको वा हराइरहेको पाइएको छ । गत वर्ष उक्त संख्या १९ थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro