राजनीति
काठमाडौं । जनमत पार्टीले सांसद सतिशकुमार सिंहलाई मधेसको मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय गरिएको छ । सिंहलाई मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय भएको प्रदेश सांसद वसन्तकुमार कुशवाहले जानकारी दिए ।
सिंह सप्तरी २ (१) बाट निर्वाचित सांसद हुन् । जनमतको मधेस प्रदेश संसदीय दलको नेता भने महेशप्रसाद यादव छन् ।
जनता समाजवादी पार्टीका सरोजकुमार यादवले विश्वासको मत नपाएपछि बुधबार पदमुक्त भएका थिए । मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय दिइएको छ ।
केन्द्रीय सत्ता गठबन्धनमा आवद्ध दलको साथ पाएको जनमतले मुख्यमन्त्रीमा बिहीबार नै दाबी पेस गर्नेबारे छलफल भइरहेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१ १५:१९
प्रतिक्रिया दिनुहोस्