site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकपमा पहिलो जितपछि युगान्डाका कप्तान भन्छन्– योभन्दा विशेष अरू हुन सक्दैन
Tiktok banner adTiktok banner ad

काठमाडौ । आईसीसी ट्वान्टी–२० विश्वकपमा बिहीबार अफ्रिकी मुलुक युगान्डाले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ऐतिहासिक जित दर्ता गर्‍यो । पहिलोपटक विश्वकपको मञ्चमा प्रतिस्पर्धा गरिरहेको युगान्डाले ट्वान्टी–२० विश्वकपको इतिहासमै निकालेको पहिलो जित थियो । विश्वकपमा पहिलो जितपछि युगान्डाका कप्तानले ब्रियन मासिबाले ‘योभन्दा विशेष अरू हुन नसक्ने’ प्रतिक्रिया दिएका छन् ।

“म मेरो टिमको यो समूहप्रति उच्च गौरवान्वित छुँ,” जितपछि कप्तान मासिबाले भने, “उनीहरूले आफ्नो मेहनत प्रस्तुत गरे । विश्वकपमा देशलाई जित दिलाउनु धेरै विशेष हुन्छ ।”

युगान्डा जारी विश्वकपको दोस्रो सबैभन्दा कम वरीयता भएको टिम हो । विश्वकपमा क्यानडामात्रै वरीयतामा युगान्डाभन्दा पछि छ । विश्वकपअघि पनि छनोटमा जिम्बाब्वेलाई निराश बनाउँदै युगान्डाले सनसनी मच्चाएको थियो ।

युगान्डामा २० मात्र क्रिकेट क्लब छ । यसको तुलना इंग्ल्यान्डको योर्कसिरसँग गर्ने हो भने पनि योर्कसिरमा ८०० क्रिकेट क्बलहरू छन् ।

“यहाँसम्म आइपुग्दा सानो यात्रा बनेको छ । विश्वकपका छनोट हुनु विशेष थियो । तर, यो झन विशेष क्षण हो,” कप्तान मासिबा थप्छन् ।

पीएनजीविरुद्ध युगान्डाका भेट्रान क्रिकेटर फ्राक एनसुबुगाले ट्वान्टी–२० विश्वकपकै सबैभन्दा इकोनोमिकल बलिङ गरे । ४३ वर्षीय एनसुबुगाले चार ओभर बलिङ गर्दा चार रनमात्र खर्चिएर दुई विकेट लिए ।

युगान्डा पहिलो खेलमा अफगानिस्तानविरुद्ध १२५ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा जित निकाल्दा रियाजत अली साहले ५६ बलमा ३३ रन जोड्दा युगान्डाले ७८ रनको लक्ष्य सात विकेट गुमाएर भेट्टायो ।

जितपछि खेलाडी र यो जितमा भूमिका रहेका सबैले खुसियालीमा मैदानमा युगान्डाको चर्चित नृत्यसमेत देखाए ।

“हामीसँग समर्थकको विशेष समूह छन्, जसले विश्वकपमा हाम्रो टिमलाई समर्थन गर्न लामो यात्रा तय गरेर यहाँसम्म आएका छन्,” कप्तान मासिबा भन्छन्, “उनीहरू विश्वकपमा हाम्रो टिमले जित निकाल्छ भन्ने आशसहित आएको हो भन्ने मलाई लाग्दैन । तर, यो त्यही चिज हो, जुन हामी समर्थकका लागि गर्न सक्छौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro