site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालेनको पक्षमा उभियो कांग्रेस, भन्यो– काम गर्न दिनुपर्छ  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राम्रो काम गरिरहेको बताएको छ । बालेनलाई काम गर्न दिन र उनको अधिकार क्षेत्रमाथि नपस्न संघीय सरकारलाई आग्रह गरेको छ । 

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महानगरको अधिकारक्षेत्र प्रयोग गर्न दिन आग्रह गरे । उनले न्युरोडमा नागरिकको सुविधाका लागि लागि सडक पेटी बढाउन जरुरी रहेको पनि उल्लेख गरे । “संघ र स्थानीय तहको विवादमा संयमित संघ हुनुपर्छ । बालेनले जे गरेका थिए ठिक गरेका थिए । उनलाई काम गर्न दिनुपर्छ । यसमा हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ,” उनले भने । 

साथै, उनले बालेनसँग भिडेर बस्ने काम बन्द गर्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरे । “काठमाडौंको मेयरसँग भिड्न परे उपमेयरलाई भन्दा हुन्छ नि । त्यही तहमा रहेको पार्टीमा प्रतिनिधिलाई भन्नुपर्छ नि । मेयर साब शैली भएन, जेल बसेको नेताको आदर भएन भनेर,” उनले भने । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro