राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले विश्वकप खेल्न सन्दीप लामिछानेलाई पठाउने गरी भिसा मिलाउन सरकारले नसकेको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिभा बैठकमा उनले आरोप लागेको बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रनु हुँदैन भने पनि अहिले अदालतले सफाइ दिइसकेको बताए ।
“सम्मानित अदालतले निर्दोष सावित गरेपछि यस बेला सन्दीप लामिछाने हाम्रो प्रतिनिधित्व गरेर मैदानमा खेलेको हुनुपर्थ्योे,” उनले भने, “उनको भिसाका लागि सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो, यसमा कमजोरी कहाँ किन भयो ? खेलकुद, परराष्ट् र समग्र सरकारको यसबारे ध्यानाकर्षण गराउँछौँ ।”
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१ ११:५५
प्रतिक्रिया दिनुहोस्