site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वको दोस्रो ठूलो कम्पनी

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी एनभिडिया विश्वको दोस्रो ठूलो मूल्यवान कम्पनी बनेको छ । बुधबार सेयर मूल्य बढेपछि एनभिडियाले एप्पलको कुल बजार मूल्यलाई उछिनेको हो ।

बुधबार एप्पलको कुल पूँजीकरण ३ ट्रिलियन अमेरिकी डलर हुँदा एनभिडियाको मूल्य ३.०१ ट्रिलिनय अमेरिकी डलर पुगेको हो ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास बढ्दै जाँदा एनभिडियाको फ्ल्यागसिप एच१०० चिपले बलियो बजार लिएको छ ।

सन् २०२३ को मेमा एनभिडियाको पुँजीकरण एक ट्रिलियन अमेरिकी डलर पुगेको थियो । गत फेब्रुअरीमा अल्फाबेट र अमेजनलाई पछि पार्दै यसको बजार मूल्य २ ट्रिलियन पुगेको थियो ।

अहिले एनभिडियाले एप्पललाई समेत पछि पारेको हो । यो अब ३.१५ ट्रिलियन अमेरिकी डलर बजार मूल्य रहेको माइक्रोसफ्टभन्दा मात्रै पछि छ ।

एआई चिपको बजारमा एनभिडियाको हिस्सा ७० देखि ९५ प्रतिशतको बीचमा छ । एआईको विकास बढ्दै जाँदा यसले माइक्रोसफ्टलाई समेत पछि पार्न सक्ने ठानिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro