site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गर्‍यो वृक्षारोपण तथा साइकल र्‍याली

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण र साइकल र्‍याली कार्यक्रम अयोजना गरेको छ ।

बुधबार बिहान ६ बजे कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर नक्सालबाट सुरु गरी नारायणचौर–नक्साल भवगती बहाल–चारखाल–पुतलीसडक–प्रदर्शनीमार्ग भद्रकाली–माइतीघर–त्रिपुरेश्वर–रत्नपार्कबाट–दरबारमार्ग हुँदै पुनः नारायणचौरसम्म साइकल र्‍यालीको आयोजना गरिएको हो ।

'वातावरणलाई स्वच्छ राखौँ, हाम्रो धर्ती हाम्रो जीवन', 'नेपाल आमाको जय होस्', 'जीवनभर वातावरणमैत्री कार्यमा हात बढाऔँ', 'प्रकृति प्रेमीलाई जीवनभर दुःख हुँदैन', सफा आकाश र सफा हृदय मानिसको पहिचान हो' जस्ता नारासहित विश्व वातावरण दिवस भव्यरूपमा मनाइएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत कर्मचारीहरू, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ शेर्पा, लाइन्स क्लब अफ काठमाडौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधिहरू तथा स्पार्क ग्रुपका प्रतिनिधिको उपस्थिति थियो ।

Prudensial-1717587156.jpg
 

वातावरण दिवसको अवसरमा नेपालको इतिहासमा पहिलोपटक निर्जीवन बिमाको तर्फबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरूले नारायणचौरमा नेपालको झन्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएका थिए ।

कार्यक्रमको समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वातावरण जोगाऊँ, साइकलको प्रयोग गरौँ, स्वस्थ्य भएर जीवन जीऊँ भन्ने भावका साथ लाइन्स क्लब अफ काठमाडौं पिस आइडियलका प्रतिनिधिहरूलाई बिरुवाहरू हस्तान्तरण गरेका थिए ।

कार्यक्रम सामाजिक क्षेत्रमा कार्य गर्दै आएको लाइन्स क्लब अफ काठमाडौं पिस आइडल र स्पार्क ग्रुपको सहकार्यमा सम्पन्न भयो । कार्यक्रमा लायन्स क्लब अफ काठमाडौं पिस आइडलका अध्यक्ष श्रेष्ठले यस्ता कार्यक्रमहरूले युवा वर्गमा वातावरण संरक्षणसहित स्थस्थ्य जीवनशैलीतर्फ आकर्षण गर्न मद्दत हुने विश्वास व्यक्त गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro