site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महालक्ष्मी विकास बैंकद्वारा हरित पर्यावरणीय योजनालाई निरन्तरता 
Tiktok banner adTiktok banner ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ । हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्न ३०औँ वार्षिकोत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि यस्तो प्रयोग गरेको हो ।

वार्षिकोत्सव महिनाको रूपमा बैंकले जेठ महिनालाई मनाउने गरेको छ । सोही अनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याइसकेको छ । हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ विद्युतीय गाडीको प्रयोग बढाउँदै जाने बताइएको छ ।

यस्ता कार्यक्रमले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवद्र्घन तथा दिगो विकासमा टेवा पु¥याउने विश्वास बैंकले लिएको बताइएको छ ।

बैंकले ३०औँ वार्षिकोत्सवको अवसर पारेर गत मंगलबारदेखि बिहीबारसम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग– २०२४’ (श्रृङ्खला ३) ललितपुरको इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ ।

उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका छन् । विगत ३० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro