site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका–मेक्सिको सीमामा कडाइ, अवैध आप्रवासीलाई शरण नदिइने

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले आफ्नो कार्यकारी अधिकारअनुसार अमेरिका–मेक्सिको सीमाबाट अवैध रूपमा अमेरिका छिरेका आप्रवासीलाई शरण लिने व्यवस्था तत्काल लागु हुने गरी रोक लगाएको छ ।

चुनावको मुखमा राष्ट्रपति प्रशासनले चाल्न लागेको यो महत्त्वपूर्ण कदम हो । यसअघि डोनाल्ड ट्रम्पको प्रशासनले पनि यही नीति अख्तियार गरिएको  थियो । ह्वाइट हाउसले मंगलबार मध्यरातिबाट सो कदम प्रभावकारी रूपमा लागु हुने जनाएको छ । 

सीमा अधिकारीहरुका अनुसार गएको सोमबार मात्रै गैरकानुनी रूपमा तीन हजार ५०० आप्रवासी सीमाबाट छिरेका थिए । सो सीमा क्षेत्रबाट दैनिक करिब चार हजार आप्रवासी छिर्ने गरेको होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुले जनाएका छन् ।

सरकारको आदेशका बारेमा राष्ट्रपति बाइडेनले केही सीमावर्ती क्षेत्रका मेयरहरूसँग पनि कुरा गरेका थिए । उनले पछिल्लो कदमले आफ्नो सीमा नियन्त्रणमा लिन मद्दत गर्ने समेत बताएका थिए । सीएनएनबीबीसीको सहयोगमा 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro