खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले सोमपाल कामीलाई छैटौँ विकेटको रूपमा गुमाएको छ ।
अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले सोमपाललाई १३.३ ओभरमा गुमाएको हो । सोमपाल शून्य रनमा आउट भएका हुन् ।
त्यसअघि नेपालले आसिफ सेखलाई चार र कुशल भुर्तेललाई सात रनमा गुमाएको थियो । यस्तै, अनिल साह ११ र कुशल मल्ल चार रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी एक रन जोडेर पभेलियन फर्किए ।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ २२:५५
प्रतिक्रिया दिनुहोस्