site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाइसेन्स परीक्षाको परिणाम फेरबदल गर्ने लक्ष्मण शाहीलाई एक वर्ष १० महिना कैद
Tiktok banner adTiktok banner ad

काठमाडौं । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाही भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण राई र रामबहादुर थापाको इजलासले लाइसेन्स परीक्षा समितिको अध्यक्ष रहेका शाहीलाई एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको हो ।

विशेष अदालतले परीक्षाको परिणाम फेरबदल गरेको कसुरमा उनलाई थप १० महिना कैद र आठ हजार जरिवाना सजाय हुने फैसला गरेको छ ।

परीक्षामा सहभागी भएकाहरूलाई फेल गरेर परीक्षामा सहभागी नै नभएका ३९ जनालाई प्रयोगात्मक परीक्षामा पास गराइएको थियो । यस्तै, २३ जनाको प्राप्तांक ‘रिराइट/ओभरराइट’ गरी २३ जनालाई परीक्षामा उत्तीर्ण गराएको तथा अनुत्तीर्ण भएका २२१ सहित २८३ जनाको परीक्षार्थीको नतिजा फेरबदल गरी स्वीकृत गरेर सफ्टवेर प्रणालीमा प्रविष्ट गराएका थिए । 

अख्तियारले शाहीसँगै पवनकुमार रावल र नरेन्द्रकुमार कडरियालाई पनि प्रतिवादी बनाएकोमा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro