site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुंग्याउनुपर्छ : कृष्ण सिटौला

काठमाडौं । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब टुंग्याउनुपर्ने बताएका छन् ।  मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरू अविलम्ब टुंग्याउनुपर्ने बताएका हुन् । 

उनले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझै पनि न्याय नपाएको भन्दै उनीहरूलाई न्याय दिनका लागि अरु ढिलो गर्नु नहुने बताए । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विवादको घेराबाट मुक्त हुन नसक्ने बताए ।

यस विषयलाई टुंग्याउन नसकेमा दलहरूबीचको विश्वास संकटग्रस्त बन्दै जाने बताए । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्ने भन्दै प्रतिपक्ष दलहरू पनि रचनात्मक सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्