site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकपमा हालसम्म एसोसिएट राष्ट्रसँग नहारेको नेपाल
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । दोस्रोपटक विश्वकपको मञ्चमा उक्लिएको नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको हो । 

नेपालले यसअघि पहिलोपटक सन् २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । ट्वान्टी–२० विश्वकपको इतिहासमा नेपालले हालसम्म कुनै पनि एसोसिएट राष्ट्रसँग हार व्यहोरेको छैन । विश्वकपमा नेपालले हालसम्म बंगलादेश, हङकङ र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको छ । 

२०१४ मा नेपालले टेस्ट राष्ट्र बंगलादेशसँग हार व्यहोरे पनि अफगानिस्तान र हङकङ दुवै एसोसिएट राष्ट्रविरुद्ध जित निकालेको थियो । अफगानिस्तनले सन् २०१७ मा मात्रै आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएकाले विश्वकपको उक्त संस्करणमा एसोसिएट राष्ट्रकै रूपमा प्रतिस्पर्धा गरेको थियो । त्यसबेला नेपालले पहिलो खेलमा हङकङविरुद्ध ८० रनको जित निकालेको थियो । दोस्रो खेलमा बंगलादेशसँग आठ विकेटले पराजित भए पनि समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नौ रनको जित निकालेको थियो । 

आज नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धाका लागि मैदान उत्रिँदा नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ । विश्वकपको यस संस्करणमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा नेदरल्यान्ड्स नेपालको एकमात्र एसोसिएट प्रतिद्वन्द्वी हो । समूहमा नेपाल र नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् । 

श्रीलंका सन् २०१४ को विश्वकप विजेता टोलीसमेत हो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको ड्यालसमा नेपाली समयअनुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro