site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदुषी राणा आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त

काठमाडौं । नेपालका निम्ति आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणालाई नियुक्त गरिएको छ । उनको नियुक्तिसँगै काठमाडौंमा नयाँ महावाणिज्य दूतावासको उद्घाटन गरिएको छ ।

उक्त अवसरमा होटेल याक एन्ड यतीमा आयोजित विशेष कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महावाणिज्यदूत राणाले नेपालको प्रसिद्ध क्षेत्रको प्रचारप्रसार र अरू स्थानको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त महावाणिज्यदूत राणाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्यान्डको सहयोगका निम्ति महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । नयाँ अवैतनिक वाणिज्यदूतको हैसियतमा नेपाल र आइसल्यान्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन भूमिका खेल्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा अवैतनिक वाणिज्यदूतहरू, सरकारी अधिकारीलगायत ३०० भन्दा बढी व्यक्ति उपस्थित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro