site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कृषिमन्त्री साहको गुनासो– मन्त्रालयका कर्मचारीको व्यवहारले दिक्क बनायो
SkywellSkywell

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले मातहतका कर्मचारीको व्यवहार देखेर आफूलाई दिक्क लाग्ने गरेको गुनासो गरेकी छन् । मन्त्री साहले कर्मचारीहरूबीच एकले अर्कालाई आक्षेपमात्रै लगाउने गरेको पाइएको बताइन् ।

विश्व खाद्य स्वच्छता दिवसका अवसरमा उनले मन्त्रालयलाई नमुनायोग्य मन्त्रालयको रूपमा विकास गर्ने गरी काम गर्न पनि मातहतका कर्मचारीलाई निर्देशन दिइन् ।

Dabur Nepal
NIC Asia

"प्रगतिको कुरा सुनेकै छैन । यो फलानालाई बनाउनु हुँदैन है, खराब छ । अर्को आयो, त्यो खराब छ भन्छ । ए बाबा, कति सुन्नु यस्ता गुनासाहरू ? सुन्दासुन्दै दिक्क, वाक्क लाग्छ । कस्तो मन्त्रालय रहेछ भनेजस्तो पनि लाग्न थालिसक्यो । कृषि मन्त्रालय कस्तो रहेछ ? विभागहरू कस्तो रहेछ ? यस्तो पनि लाग्न थालेको छ मलाई । यस्तो लागेको थिएन । म त तेस्रो कार्यकाल समात्दै छु । तर बुझदै जाँदा यस्तैमा दिन बिताउँदो रहेछ," उनले भनिन् ।

उनले कुनै बदनाम नहुने गरी कर्मचारीहरूले काम गर्नुपर्ने पनि बताइन् । कर्मचारीहरूले आफू कार्यरत निकायमा बदनामी हुने खालको कुनै पनि गतिविधि गर्न नहुने उनको भनाइ छ ।

"हाम्रो खाद्य प्रविधि गुण नियन्त्रण विभाग छ । यसको बदनामी नआओस् । यसमा आक्षेप नलागोस् । हाम्रो विभाग एउटा नमुना विभाग हो । हाम्रो मन्त्रालय एउटा नमुना मन्त्रालय हो । त्यो खालको सन्देश हामीले दिनुपर्छ । हामी हामीमा नै फलाना खत्तम, ऊ खत्तम । मैले यो भन्दा अरू सुनेकै छैन मन्त्रालयमा," उनले भनिन् ।

मन्त्री साहले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो परीक्षणको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu