site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस सरकारबारे भोलि निर्णय गर्ने एकीकृत समाजवादीको तयारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मधेस सरकार गठनका विषयमा छलफल गरेको छ । सोमबार पार्टी कार्यालय आलोकनगरमा मधेस सरकारलगायतका विषयमा सचिवालयका सदस्यहरूले छलफल गरेका हुन् ।

बैठकबाट निर्णय भने नगरिएको उपाध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । “आज समसामयिक राजनीतिक विषयमा छलफल गर्‍यौँ । मधेस सरकारबारे छलफल भए पनि आज निर्णय भएन । भोलिको बैठकबाट निर्णय गर्छौं,” उनले भने ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले नेतृत्व गरिरहेको मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्री छन् ।

सत्तासाझेदार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कुरामा समर्थन गर्न आग्रह गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा छलफल गरेर निर्णय दिने आइतबार आयोजित पत्रकार सम्मेलनमा पनि जानकारी दिएका थिए ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेट र दिउँसो सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि नेपालले सोही जवाफ दिएका थिए ।

केही दिन अगाडि मधेस सरकारबारे नै विपक्षी दलको बैठकमा अध्यक्ष नेपाल पुगेपछि विभिन्न टीकाटिप्पणी भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro