site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकपमा नेपालका रोहित कान्छा कप्तान, कसको उमेर कति ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आईसीसी ट्वान्टी–२० विश्वकप–२०२४ को सबैभन्दा कान्छा कप्तान बनेका छन् । २१ वर्ष २७५ दिन (सोमबारसम्ममा)का रोहित विश्वकपकै सबैभन्दा कान्छा कप्तान बनेका हुन् ।

रोहितपछि अफगानिस्तानका राशिद खान विश्वकपमा कप्तानी गर्ने दोस्रो कान्छा खेलाडी हुन् । राशिद २५ वर्षका हुन् । यस्तै, यो सूचीको तेस्रो स्थानमा बंगलादेशका कप्तान नज्मुल हुसैन सान्टो छन् । उनी पनि २५ वर्षको उमेरमा बंगलादेशबाट विश्वकपमा नेतृत्व सम्हाल्दै छन् ।

Dabur Nepal
NIC Asia

क्यानडाका साद बिन जफर विश्वकपको यस संस्करणमा कप्तानी सम्हाल्ने सबैभन्दा पाका क्रिकेटर हुन् । जफरले ३७ वर्ष १७४ दिनको उमेरमा क्यानडाको नेतृत्व गरिरहेका छन् । यस्तै, भारतका कप्तान रोहित शर्मा (३७ वर्ष ३४ दिन) र स्कटल्यान्डका रिची बेरिङ्टन (३७ वर्ष ३३ दिन) विश्वकपमा कप्तानी सम्हालिरहेका दोस्रो र तेस्रो पाका कप्तान हुन् ।

अमेरिका र वेस्ट इन्डिजमा जुन २ देखि प्रतियोगिता सुरु भएको छ । १० वर्षपछि विश्वकपको मञ्चमा उक्लिएको नेपाली टिमले मंगलबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकप यात्राको सुरुआत गर्नेछ । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

विश्वकपको यो संस्करणमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्यान्ड्स, बंगलादेश, दक्षिण अफ्रिका र श्रीलंका छन् । श्रीलंका सन् २०१४ को ट्वान्टी–२० विश्वकप विजेता समेत हो ।

विश्वकपको यस संस्करणमा कुल २० टिमको सहभागिता छ । प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । क्रिकेट विश्वकपको कुनै पनि संस्करणमा यति धेरै टिमको सहभागिता भएको यो पहिलोपटक हो ।

आईसीसी–२० विश्वकप–२०२४ मा कप्तानी सम्हालिरहेका कप्तानहरूको उमेर :

नेपाल : रोहितकुमार पौडेल (२१ वर्ष २७५ दिन)
बंगलादेश : नज्मुल हुसैन सान्टो (२५ वर्ष २६३ दिन)
अफगानिस्तान : राशिद खान– (२५ वर्ष २२४ दिन)
नेदरल्यान्ड्स : स्कट एर्डवार्ड्स (२७ वर्ष २८५ दिन)
श्रीलंका : वनिन्दु हसरंगा (२८ वर्ष २८५ दिन)
नामिबिया : गेर्हार्ड इरास्मस– (२९ वर्ष २९ दिन)
दक्षिण अफ्रिका : आइदेन मार्करम (२९ वर्ष २०९ दिन)
पाकिस्तान : बाबर आजम (२९ वर्ष २२२ दिन)
वेस्ट इन्डिज : रोभमन पावेल (३० वर्ष २८५ दिन) 
अमेरिका : मोनांक पटेल (३० वर्ष ३३३ दिन)
ओमान : अकिब इल्यास (३१ वर्ष २३९ दिन)
अस्ट्रेलिया : मिचेल मार्स (३२ वर्ष १९४ दिन)
युगान्डा : ब्रियन मासाबा (३२ वर्ष २२७ दिन)
इंग्ल्यान्ड : जस बटलरः (३३ वर्ष २३५ दिन) 
आयरल्यान्ड : पाउल स्टर्लिङ (३३ वर्ष २४७ दिन)
न्युजिल्यान्ड : केन विलियम्सन (३३ वर्ष २६५ दिन)
पपुवा न्यु गिनी (पीएनजी) : असद भाला (३६ वर्ष २७७ दिन)
स्कटल्यान्ड : रिची बेरिङ्टन (३७ वर्ष ३३ दिन) 
भारत : रोहित शर्मा (३७ वर्ष ३४ दिन)
क्यानडा : साद बिन जफर (३७ वर्ष १७४ दिन)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro