site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राम्रो शब्दजालमा कोरिएको कमजोर बजेट आएको छ, युवाहरूलाई समेट्न सकेन : सांसद राजभण्डारी 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सपना राजभण्डारीले बजेटले देशमा रोजगारीको सिर्जना गर्ने र युवाहरूलाई देशभित्रै बस्ने वातावरण बनाउन नसकेको बताएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै उनले युवाहरू आर्थिक विकासका स्तम्भ, उद्योगहरूको नवप्रवर्धक र समुदायका अगुवा भए पनि उनीहरूलाई बजेटले वेवास्ता गरेको बताइन् ।

Dabur Nepal
NIC Asia

“बजेट बनाउँदा घोषणा गरिएका कार्यक्रमहरू र तिनको कार्यान्वयनमा ध्यान दिन आवश्यक छ । हरेक दिन करिब तीन हजार नेपाली रोजगार र भविष्य खोज्दै देश छोड्न बाध्य छन् । यसले राज्यको आत्मा र स्वाभिमानलाई पनि असर गरेको छ,” उनले भनिन्, “सरकारले यस विषयमा बजेटमा वेवास्ता गरेको छ । बजेटमा रोजगारीको अवसर सिर्जना गर्न क्षमता र व्यक्तिको विकासका लागि स्रोतको व्यवस्था छैन । यो लापरबाही सामान्य हैन युवामाथिको सपनामा गरिएको कुठाराघात पनि हो ।” 

उनले बजेटले वर्तमान अर्थ क्षेत्रमा देखिएको शिथिलतालाई सम्बोधन गर्न नसकेको बताइन् । साथै, उनले बजेटले शिक्षा व्यावसायिक तालिमलाई पनि वेवास्ता गरेको उल्लेख गरिन् । “राम्रो शब्दजालमा कोरिएको कमजोर बजेट भन्न सकिन्छ,” उनले भनिन् । 

सांसद राजभण्डारीले बजेटमा राष्ट्रका किसान र रेमिट्यान्स पठाएर अर्थतन्त्र चलाउने नेपालीहरूलाई पूरै वेवास्ता गरिएको पनि बताइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro