site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इन्टरनेट र डीटीएच टीभीका ग्राहकलाई डिशहोम फाइबरनेटको विशेष ‘स्मार्ट अफर’

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मूल्य प्रदान गर्न इन्टरनेट र डीटीएच टीभी सेवामा विभिन्न उपभोक्ता उत्पादनहरूमा छुटहरू प्रदान गर्ने भएको हो ।

ग्राहकहरूले अब नयाँ इन्टरनेट र डीटीएच जडानहरू वा नवीकरणमा विशेष अफरहरूको मजा लिन सकिने छ । तीन हजार ३५० रुपैयाँ पर्ने मिभी डुओपोड्स के६ एअरबड्स  यो अफरमा भने ग्राहकहरूले मात्र एक हजार ६४९ मा पाउनेछन् ।

Dabur Nepal
NIC Asia

त्यस्तै, ९९९९ पर्ने फायर–बोल्ट ग्लेडिएटर स्मार्ट वाच यो अफरमा दुई हजार ९९९ मा लिन सकिनेछ । डिजिटल होम इन्टरनेसनलबाट सानादेखि ठूला होम अप्लायनसेसमा विशेष छुट लिन सकिनेछ ।

एअरबड्स र स्मार्ट वाच लिनको लागि न्यूनतम ६ महिना प्याकेजको साथ नयाँ डिशहोम फाइबरनेट वा डीटीएच कनेक्सन जडान गरेको हुनु पर्नेछ । अथवा आफूले चलाइरहेको डिशहोम फाइबरनेट वा डीटीएच कनेक्सको प्याकेज कम्तीमा ६ महिनाको लागि रिचार्ज गर्नुपर्नेछ ।

होम अप्लायनसेसमा भारी छुट लिनको लागि भने ग्राहकले १२ महिनाको इन्टरनेट वा डीटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेखि सबै डीएचआई प्रोडक्टहरूमा १८ प्रतिशत छुट पाउन सक्नेछन् । त्यस्तै, २४ महिने इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४ प्रतिशत छुट पाउनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro