site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेशसभा बैठक बहिष्कार नगर्ने कांग्रेस कोसी संसदीय दलको निर्णय

विराटनगर । नेपाली कांग्रेस कोसी संसदीय दलका सांसदहरू सरकारले सदनमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको बैठकमा सहभागी हुने भएका छन् । 

अदालतमा विचारधीन मुद्दामा दलले प्रस्तुत गर्दै आएको धारणा र दृष्टिकोणलाई कायम राख्दै बैठकमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । 

सोमबार दलले पत्रकार सम्मेलन गरी  संसदीय पद्धति र प्रणालीबाट नै समस्याको समाधान खोज्ने र जनताका आवाजहरू मुखरित गर्न निष्कर्ष निकाल्दै प्रदेशसभा बैठकमा सहभागी हुने तय भएको दलका नेता उद्धव थापाले बताए ।

कोसी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्ने नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलले प्रस्तुत गर्दै आएको धारणा यथावत् रहेको थापाले बताए । बैठकमा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नीति तथा कार्यक्रमको छलफलमा कांग्रेस सांसद सहभागी हुने बताए । 

सरकार गठनसँग सम्बन्धित विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । “अदालतमा मुद्दा विचाराधीन रहेसम्म प्रदेशसभाको बैठक नबोलाउन र बोलाएमा हाम्रो दल नेपाली कांगेसको तर्फबाट अनुपस्थिति रहने जानकारी गराउँदै आएका थियौँ,” थापाले भने, “अदालती प्रक्रियाबाट उक्त मुद्दा टुंग्याउन समय लाग्ने देखिएको तर, यस प्रदेशमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम एवं बजेट पनि प्रस्तुत गर्ने समय सिमालाई मध्यनजर गरी दलको धारणा प्रस्तुत गारिएको हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro