site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यून गुणस्तरको पाइएपछि ‘ओन्डा सिरप’ औषधि बिक्रीमा रोक 

काठमाडौं । औषधि व्यवस्था विभागले एक नेपाली कम्पनीको सिरप बिक्रीमा रोक लगाएको छ । रुपन्देहीको एसियन फार्मास्युटिकल्सबाट उत्पादित ‘ओन्डा सिरप’ नामक ओन्डानसेट्रोन झोल औषधिको ब्याच नम्बर ओडीएल ००५१ मा समस्या देखिएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षाणका क्रममा न्यून गुणस्तरीय पाइएकाले उक्त ब्याचका औषधि बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ । उक्त बनावट भएकोे औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ ।

Dabur Nepal
NIC Asia

उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन भनिएको छ । उक्त औषधि बालबालिकामा बान्ता रोक्न प्रयोग गर्ने गरिन्थ्यो ।

dda-1717395169.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro