site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारीको बचत फिर्ताको विषयमा बजेटमा अस्पष्टता छ : बाँस्कोटा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने भनेको विषय नै अस्पष्ट रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने विषय नीतिगत रूपमा नै स्पष्ट हुनुपर्नेमा जोड दिए ।

“सहकारीमा पाँच लाखसम्म राख्नेको सन्दर्भमा, यो संकटग्रस्त ३२६ वटा छन् नि, पैसाचाहिँ कहाँबाट दिने ? सरकारले दिने कि बैंकिङ सेक्टरले दिने कि ? धितो जमानी उनीहरूको सगोलबाट, परिवारबाट वा कसरी हामी उठाएर त्यो व्यवस्थापन गर्छौँ ?,” बाँस्कोटाले प्रश्न गरे, “यसमा अस्पष्टता छ । स्पष्ट पारेर जानु नै राम्रो हुन्छ । नीतिगत रूपमा स्पष्टता पनि चाहिन्छ, ताकि मानिसहरू आशावादी बन्न सकून् ।”

आउँदो आर्थिक वर्षको बजेटमा ‘बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका निम्ति समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था मिलाइने’ उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro