site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अमेरिकाले सन्दीपलाई भिसा दिएन, झन्डा हल्लाएर हिँड्न प्रधानमन्त्रीलाई लाज लाग्दैन ?’ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सन्दीप लामिछानेले ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न भिसा नपाएको विषयमा संसद् बैठकमा प्रश्न गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले उक्त विषय उठाएका हुन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्र नीति वाचन गर्दै उनले सन्दीपले भिसा नपाउनु सिंगो देशमाथिको अपमान भएको टिप्पणी गरे । सांसद शाहीले संसार चिनाउने खेलाडी वा कलाकारका कारण भएको भन्दै सन्दीपको भिसा नलाग्नु अमेरिकाले सिंगो देशमाथि गरेको अपमान भएको तर्क गरे ।

उनले नेपालको पराष्ट्र नीतिमा समेत प्रश्न उठाउँदै भने, “केका आधारमा परराष्ट्र नीति बनाएको हो ? पार्टीको कार्यकर्ताको मेनिफेस्टो कि पञ्चशीलताको आधारमा ?”

सांसद शाहीले नेपालको बेइज्जत हुँदा पनि काम गर्न नसक्ने भन्दै खेलकुद, पराष्ट्रमन्त्री र मन्त्रालयको नैतिकतामा प्रश्न उठाए । “अदालतले न्याय दिन्छ, क्यानले नाम पठाउँछ, आईसीसीले स्वीकृत गर्छ, खेलाडीको भिसा लाग्दैन । अनि, प्रधानमन्त्री र मन्त्री देशको झन्डा हल्लाएर हिँड्न लाज लाग्दैन ?,” उनले भने, “मन्त्रीले स्टन्टबाज मात्र गर्ने हो ?”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro