site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा हुरीसहितको वर्षाले घर भत्कँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

तुलसीपुर । दाङमा हुरीसहितको वर्षाले घर भत्कँदा एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ ८ बजेतिर हुरीले घर भत्कँदा तुलसीपर उपमहानगरपालिका–१२, रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार, टिनले छाएको एककोठे घरमा खत्रीसँगै रहेकी उनकी श्रीमती भने भाग्न सफल भएकाले सकुशल छिन् । रासस

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्