site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

देशमा व्यापक बेरुजु र अनियमितता भइरहेको महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएलगत्तै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा लेखा परीक्षणको विश्वसनीयतामै शङ्का हुनेगरी प्रश्न उठाइएको छ । समितिका सदस्यहरूका अनुसार लेखा परीक्षकहरू दर तोकेर पैसा लिने र भव्य आतिथ्य खोज्ने गर्छन् ।

सांसद्हरूको आरोपमा अतिशयोक्ति हुनसक्छ तर पूरै असत्य भने होइन ।  यसबाट थप के पनि  बुझ्न सकिन्छ भने दर तोकेर पैसा माग्नेहरूले भनेजस्तो भए अनियमितता ढाकछोप हुन्छ भने नभए पक्कै बेरुजुको अङ्क बढ्छ । अर्थात्, महालेखा परीक्षकको प्रतिवेदन पनि  विश्वसनीय  रहेनछ । 

सार्वजनिक लेखा समितिमा बिहीवार भएको छलफल स्थानीय तहको लेखा परीक्षणमा केन्द्रित थियो । सांसदहरूले लगाएका आरोप स्थानीय तहको लेखापरीक्षणमा केन्द्रित भए पनि लेखापरीक्षणका क्रममा यस्तै विकृत अभ्यास अरू तहमा समेत हुने अनुमान सहजै गर्न सकिन्छ ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालको संविधान, २०७२ को धारा २४१ उपधारा (१) अनुसार स्थानीय तहको लेखापरीक्षण महालेखा परीक्षकको संवैधानिक कर्तव्य पनि हो । यही कर्तव्य सम्पादनलाई सहज बनाउन स्थानीय तहको लेखापरीक्षणको लागि महालेखा परीक्षकको कार्यालयले निर्देशिकासमेत जारी गरेको छ । 

महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमिततामा अन्तिम निर्णय गर्ने अधिकार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई हुन्छ । लोकतान्त्रिक मान्यताअनुसार जनताको कर लगाउने र करबाट सङ्कलित रकमको सम्बन्धमा निर्णय जनप्रतिनिधिले मात्र गर्न पाउँछन् ।

यसैले लेखापरीक्षणको अभ्यासमा भएका विकृतिका सम्बन्धमा सार्वजनिक लेखा समितिमा प्रश्न उठाइनु स्वाभाविकै हो । यसर्थ, विकृत अभ्यास व्यापक भएको आरोप संसद्को सरोकारवाला समितिकै सदस्यले लगाइसकेपछि महालेखा परीक्षकले पनि त्यसलाई गम्भीरतापूर्वक लिएर सच्याउने कदम चाल्नुपर्छ ।    

नेपालको शासकीय संस्कारमा सामान्यतः कमजोरी स्वीकार गर्नुभन्दा प्रतिवाद/प्रतिकार गर्ने प्रवृत्ति छ । सार्वजनिक लेखा समितिमा लगाइएका आरोपका हकमा पनि महालेखा परीक्षकको कार्यालयले पनि प्रतिवादको बाटो अपनाउने सम्भावना धेरै छ । तर, प्रतिवाद गरेर विकृति हटाउन सकिँदैन । 

यसै पनि जनताले समेत थाहा पाएका विकृतिको ढाकछोप गर्न खोजे आफ्नै साख गिर्नेमात्रै हो । सुधारको प्रतिबद्धताको साँटो रकमी ढाकछोपमा लाग्दा कुनै बेला जनसाधारणले निकै विश्वास गर्ने राज्यका थुप्रै निकायको साख र प्रभाव समाप्त भएको यथार्थ महालेखा परीक्षकलाई पनि पक्कै हेक्का हुनुपर्छ ।

लेखापरीक्षणका क्रममा देखिएका विकृति अन्त्य गराउने दायित्व सार्वजनिक लेखा समितिको पनि हो । समितिमा प्रश्न उठाउने सदस्यहरूको दल वा समर्थक पक्कै पनि स्थानीय तहमा होलान् । तिनलाई विकृत अभ्यास अपनाउनबाट रोक्न सके लेखापरीक्षकले पनि भ्रष्टाचार गर्न पाउनेछैनन् ।

बैठकमै स्थानीय तहको लेखापरीक्षणमा विकृति व्याप्त भएको प्रश्न उठिसकेपछि समितिले यस विषयलाई गम्भीरतापूर्वक लिएर सुधारका उपाय पनि निर्देश गर्नुपर्छ । अधिकार क्षेत्रबाहिर हस्तक्षेप गर्न सक्रिय रहनुको साटो सार्वजनिक लेखा समिति समितिको ध्यान बेरुजु फर्छोट गर्ने मूल काममा केन्द्रित होस् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro