site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘पुजार सार्की’ हेर्न दलित आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय दलित आयोगले प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’ हेर्न आह्वान गरेको छ । निर्माता सुवास भुसाललाई पत्र लेख्दै यो चलचित्र हेर्न आह्वान गरेको आयोगले जनाएको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीहरूले हेरेर शिक्षा लिन सकिनेखालको रहेको उल्लेख छ । 

चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकाले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन आयोगको आग्रह छ । 

“अन्तर्राष्ट्रिय मानवअधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र अन्य कानुनद्वारा समेत वर्जित मानिएको जातीय छुवाछुत, भेदभाव तथा बहिष्करणबाट सिर्जित परिस्थितिको अन्त्य गर्नु सबै सभ्य मानिसहरूको कर्तव्य हो,” आयोगले भनेको छ, “मानवमानवबीच अन्तर घुलनका लागि स्वैच्छिक जोडीहरूको विवाहलाई प्रोत्साहन र संरक्षण गर्न जरुरी छ ।” 

DALIT-AAYOG-LETTER-1717144379.jpg
 

चलचित्र ‘पुजार सार्की’मा देखाइए जस्तै आज पनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार रहेको आयोगले जनाएको छ । शिक्षित र सभ्य मानिसलाई चलचित्रले गम्भीर प्रश्न गरेको आयोगले जनाएको छ । 

दिनेश राउतले निर्देशन गरेको चलचित्र विकाश सुवेदीले लेखेका हुन् । 

गत बिहीबार रिलिज भएको ‘पुजार सार्की’ दोस्रो हप्तामा चलिरहेको छ । चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बूलगायत कलाकार प्रमुख भूमिकामा छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro