site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई सहकारीबाट ग्यालेक्सीमा १५ करोड ऋण, चारवटा सहकारीको अनुसन्धान गर्नै बाँकी
SkywellSkywell

काठमाडौं । सहकारीको बचत रकम अपचलनका डरलाग्दा तथ्यांक आइरहेका छन्, संसदीय छानबिन समितिले दुरुपयोगकर्तालाई कारबाही गराउन सक्छ कि सक्दैन भन्ने आमजिज्ञासा छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागअनुरुप मंगलबार समस्याग्रस्त २० वटा सहकारी र अन्य ९ वटा गरी २९ सहकारीको रकम अपचलनबारे छानबिन गर्नेगरी संसदीय समिति बनेको हो ।

एमालेका सांसद सूर्यबहादुर थापाको नेतृत्वमा बनेको सात सदस्यीयमा समितिमा एमालेकै सांसद सरिता भुसाल, कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल (राजन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधान छन् ।

KFC Island Ad
NIC Asia

समितिले तीन महिनाको समयसीमा पाएको छ । यही समितिले ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) ले सञ्चालन गरेको गोर्खा मिडिया नेटर्वकले अवैध रुपमा सहकारीको रकम मिडियामा ल्याएर अपचलन गरेकाबारे समेत छानबिन गर्ने छ । 

जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया ग्रुपअन्तर्गतको ग्यालेक्सी टेलिभिजन बन्द छ । अध्यक्ष जीबी राई फरार छन् ।  ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । उनको ग्यालेक्सी टीभीमा १५ प्रतिशत सेयर थियो ।

Royal Enfield Island Ad

तर, सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको जिकिर लामिछानेले लिँदै आएका छन् ।  जीबी राई आफैँले खडा गरेका सहकारी संस्थाहरुमार्फत ग्यालेक्सी टीभीमा करोडौँ रकम आएको प्रहरीको अनुसन्धानले खुलाइसेकेको छ ।

केही सहकारीमाथिको अनुसन्धान अझै जारी छ । जीबी राईको योजनामा सञ्चालन भएका कालिमाटीको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, वीरगंजको सानो पाइला, चितवनको साहारा, बाँकेको समनता र रुपन्देहीको सुप्रिम सहकारीमार्फत ग्योलेक्सी टीभीमा कानुनविपरीत करोडौ रकम आएको पाइएको हो । हाल सुप्रिम र सूर्यदशन सहकारी प्रकणको मुद्दा भने अदालत पुगिसकेको छ ।

अन्य सहकारीमाथिको अनुसन्धान अझैँ जारी छ ।

दुई सहकारीबाट मात्रै १५ करोड बढी रकम ग्यालेक्सीमा

हाल अदालत पुगेको विचाराधीन सहकारी पोखराको सूर्यदर्शन र रुपन्देहीको सुप्रिम सहकारीमार्फत् मात्रै ग्यालेक्सी टीभीमा १५ करोडभन्दा बढी रकम पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ । २०८१ वैशाख ३ गते जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले गरेको अभियोजनमा सुप्रिम सहकारीमार्फत १० करोड ९९ लाख ३६ लाख रुपैयाँ ग्यालेक्सी टीभीमा पुगेको देखाएको हो ।

त्यस्तै पोखराको सूर्यदर्शन सहकारीमार्फत समेत पाँच करोड रुपैयाँ ग्यालेक्सी टीभीमा गएको देखिएको छ । विभिन्न व्यक्तिका नाममा रकम ग्यालेक्सी टीभीमा पुगेको पोखराका एसपी मोहन थापाले जानकारी दिए ।

यसरी सूर्यदर्शन र सुप्रिम सहकारीमार्फत मात्रै १५ कारोड ९९ लाख ३६ हजार रुपैयाँ ग्यालेक्सीमा पुगेको देखिएको हो । त्यसबाहेक कालिमाटीको स्वर्णलक्ष्मी, वीरगंजको सानो पाइला, चितवनको साहारा, बाँकेको समनता सहकारीमार्फत समेत करोडौं रुपैयाँ ग्यालेक्सीमा गएको देखिएको छ । 

छानबिन समिति सदस्य दाहालले बाह्रखरीसँगको कुराकानीमा अब केही दिनभित्रैबाट समितिले काम थाल्ने बताए ।“हामी परामर्शमा छौँ । समितिको काम छिट्टै सुरु गर्छौँ । समयअवधिभित्रै काम सक्ने गरी गर्छौँ । टीओआर तयार भइसकेकाले अलमल गर्नुपर्ने अवस्था छैन,” उनले भने ।

संसद् बैठक बस्न दुई दिन समय बाँकी भएकाले त्यसअघि नै काम सुरु हुने उनले बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro