site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
आईटीबाट ३० खर्बको निर्यात लक्ष्य, सूचना–प्रविधिको विकासका लागि बजेटमा के छ ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा अगाडि बढाउने भएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले आगामी दश वर्षमा सूचना–प्रविधि (आईटी) क्षेत्रबाट ३० खर्बको निर्यात गर्ने लक्ष्य राखेको बताए ।

यस क्षेत्रमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारको छ । सरकारले डिजिटल नेपाल फ्रेमवर्ककका लागि ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, ललितपुरको खुमलटारमा ज्ञानपार्क स्थापना गर्न १७ करोड विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।

यस्तो छ सूचना प्रविधि विकासका लागि बजेटको व्यवस्था :

it1-1716898573.jpg

IT-2-1716898573.jpg

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro